नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५ सय २० पुग्यो

काठमाडौं, १६ असोज । कोरोना भाइरसबाट नेपालमा मृ’त्यु हुनेको संख्या ५ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृ’त्यु भएसँगै संख्या ५ सय २० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा एक जना, वागमती प्रदेशमा ६ जना, प्रदेश ५ मा ३ जना र कर्णाली प्रदेशमा १ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा प्रदेश १ को मोरङका २७ वर्षीय पुरुष, वागमती प्रदेशको ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरकी ६१, ५१ र ६७ वर्षीया महिलाको मृ’त्यु भएको छ । यस्तै, मकवानपुरका ७८ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।

यस्तै, प्रदेश ५ को रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, कर्णाली प्रदेशको सुर्खेतकी ७५ वर्षीया महिलाको मृ’त्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार