युनियन लाइफकाे आईपीओमा २१ लाखभन्दा धेरै जनाकाे आवेदन

काठमाण्डाै – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर अर्थात् आईपीओमा २१ लाख ७२ हजार आठ ६८ जनाले आवेदन दिएका छन् । यही असार २४ गते निष्कासन भएको आईपीओका लागि आवेदन दिने अन्तिम दिन आजसम्ममा २१ लाख ७२ हजार आठ ६८ जनाले तीन करोड ४३ लाख ६१ हजार आठ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा पाँच दशमलव ९१ गुणा धेरै हो । 

कम्पनीले ६४ लाख ५० हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत तथा कर्मचारीलाई पाँच प्रतिशत छुट्याएर बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरेको हो । 

यो पनि समाचार: अहिले गाउगाउमा मिडियाको पहुचले गर्दा पिडितका कुराहरु बढी प्रहरी र अदालत भन्दा पनि मिडियामै पहिला आएका हुन्छन, किनकि प्रहरीले धेरैजसो धरायसी समस्याहरुलाई पनि अलि गम्भिर तरिकाले हेरेको पाईदैन । आज पनि त्यस्तै घटना आएको छ जुन घटना हो धादिङको । यि २३ बर्षिय श्रीमती जस्का श्रीमानले अहिले अर्कै युवती लिएर फरार भएका छन । करिब ५ बर्ष अगाडि मागी बिहे गरेको यो जोडीमा एक्कासी के दशा लाग्यो अहिले २ बर्षिय छोरा र आमाको बिचल्ली बनाएर फरार भए यि युवा । कहा छन के गर्दै छन अझैसम्म अतोपतो छैन, पहिलो बच्चा जन्मेकै अर्को दिन मृत्यु भएको खबर सेलाउन नपाउदै श्रीमान गायब भएका छन ।

अहिले श्रीमती मिना तामाङ के गर्ने नगर्ने भन्ने अलमलमा छिन । छोरो ठूलो भईसक्यो अब कसरी पाल्ने भनेर पनि चिन्तामा छिन । ललाई फकाई घर लगेर बिहे दर्ता गरी अचानक फरार भएपछि एककासी कान्छीबाट पनि बच्चा भएको खबर पाएपछि अहिले कि त मलाई छोडपत्र दे कि छोराको भबिष्य सोच भन्दै आएकी छिन —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार