सम्झना भण्डारी,पशुपति शर्मा र शान्तिश्री परियारको अहिले सम्मकै उत्कृष्ट तिज गीत “सार्वजनिक(भिडियो)

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।

तीजमा तीज गीतको पनि उत्तिकै भूमिका रहेको पाइन्छ ,यसैबीच लोकप्रिय सर्जक एवम् गायक पशुपति शर्माको उत्कृष्ट लय शब्द सृर्जना रहेको तीज गीत पृथ्वी ईनेटरटेन्टबाट सांगितिक बजारमा सार्वजनिक भएको छ । 

पशुपति शर्मा, सन्दिप न्यौपाने , सम्झना भण्डारी र शान्ती श्री परियारको आवाजमा उक्त गित सजिएको छ । भिडियोमा पशुपति शर्मा, सन्दिप न्यौपाने रिना थापा मगर र रुबिना अधिकारीको अभिनय रहेको छ।गीतको म्युजिक भिडियोलाइ स्मृति तिमिल्सिनाले (गुरुआमा) निर्देशन गर्नुभएको छ।हेरौं उक्त गीतको म्युजिक भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार