खुट्टामा चो’ट लागेकी बालिकालाई रेबि’जको खोप लगाइदिएपछि

नवलपरासी । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।

बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताउनुभयो ।

अस्पतालका निमित्त प्रमुख मेसु डा मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लाष्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताउनुभयो ।

रेबि’जवि’रुद्धको खोप लगाउँदा स्वा’स्थ्य जो’खिम नहुने भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यस किसिमका घ’टना नदोहो¥याउने प्रतिबद्धता गराइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे सूचना पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिँदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्तबुझ्दो जवाफ नआए विभागीय कारवाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिनुभयो ।

“यो ग’म्भीर लाप’रवाही हो, रेबि’जविरुद्धको खोपको ठाउँमा अन्य खोप परेको भए बालिकाको स्वास्थ्य जो’खिममा पर्न सक्थ्यो, यो खोपले स्वास्थ्य जो’खिम नहुने देखिए पनि आगामी दिनमा यस्ता घट:ना दोहोरिन नदिन दो’षी कर्मचारीलाई त्यत्तिकै उन्मुक्ति दिन मिल्दैन”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार