आफन्तसँग हाँसेको भन्दै श्रीमानले श्रीमतीको कान का’टिदिए

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीमाथि नि’र्घा’त कु’टपि’ट भएको छ। श्रीमान मनोजले कु’टपि’ट गर्दै बायाँ कान का’टि’दिएका हुन्।

आफन्तसँग किन हाँसेको ? भन्दै कु’टपि’ट गरेर कान का’टिदि’एका हुन्। उनले भनिन्, ‘का’टि’एको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भनेर भाग्यो।’ जिल्ला अस्पतालमा उपचाररत उनको का’टि’एको कानको श’ल्यक्रि’या भएको छ। निरन्तरको या’तना र टाउकोलगायत सं’वेदनशील भा’गमा परेको चो’टका कारण जानकीको मानसिक अवस्थामै असर परेको चि’कित्सकहरू बताउँछन्। 

जिल्ला प्रहरी कार्यालयले जानकीमाथि भएको हिं’साको घट’नामा ठाडो उ’जुरी आए पनि जा’हेरी नपरेको र पी’डकको खोजी गरिरहेको बताएको छ। बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले पी’डकको खो’जी गरिरहेको बताए।

यो पनि समाचार: मुस्ताङको घरपझोङ -५ ठिनी खोलामा कच्ची काठेपुल तर्ने क्रममा आइतबार बिहान ट्रक पल्टिँदा दुईजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।म्याग्दीबाट मुस्ताङको घरपझोङ-५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको मालवाहक ट्रक अस्थायी जीर्ण काठेपुल लोड थाम्न नसकी भाँचिन पुग्दा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम-ठिनी-धुम्बा भित्रि कच्ची सडकमा अन्दाजी बिहान ८ : ३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका-१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र  वर्ष २६ की मनिका श्रेष्ठको घटनास्थलमै मृ’त्यु भएको छ । 

यस्तै, ठिनी खोलाको अस्थायी पुल भाँचिदा जिल्ला बाग्लुङ ढोरपाटन-५ अधिकारी चौर बस्ने २२ वर्षीय सुनिल घर्ती मगर ,सोही स्थानका २५ वर्षीय लुद्रबहादुर कामी,जिल्ला पर्वत जलजला गाउँपालिका-४ १८ वर्षीय सहचालक दिनेश दर्जी र जिल्ला ओखलढुङ्गा खिन्दीदेम्बा—७ बस्ने वर्ष २९ का दावा शेर्पा सामान्य घाइते भएका छन् । घाइतेहरुको जोमसोम अस्पतालमा उ’पचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ट्रकमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ । दु’र्घटनामा मृ’त्यु भएका शवको पोष्ट मार्टमका लागि जोमसोम अस्पतालमा ल्याइएको छ भने ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि निय’न्त्रणमा लिइएको प्रहरीले बताएको छ ।(फाइल तस्बिर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार