बेहुला बिहेमै मस्त निदाएपछि

एजेन्सी: पछिल्लो समय एक बेहुला बिहेमै मस्त निदाएको भिडिओ भाइरल बनेका छ। जहाँ  वरमाला कार्यक्रम हुने स्टेजमा बेहुली साथमा रहेका बेहुला निदाएको देख्न सकिन्छ। 

उनी वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेर निदाएका थिए। वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन्।तर उनको निद्रा खुलेन। उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन्।

यो पनि समाचार: आफ्नै छोरा र श्रीमति मिलेर एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ ।छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलाई गरी रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिलेर पटरीमा फालिएको अवस्थामा भेटिएको हो ।

छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलाई गरी रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिलेर पटरीमा फालिएको अवस्थामा भेटिएको हो ।बुधबार बिहान सिगसिगीस्थित रेल्वे पटरीमा बाँधिएको अवस्थामा भोला राम भेटिएको हो । उनको मुख सिलिएको अवस्थामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

पलामु जिल्लाको उँटारी रोड थानाको भीतिहारा गाउँको मँझलीघाट टोल बस्ने भोला राम राती पिसाब फेर्न बाहिर निस्केको बेला केही जनाले उनलाई समातेर लगेको बताएको छ । प्रहरी समक्ष दिएको बयानमा उनले केही जनाले उनलाई उठाएर लगेको थियो ।भोलाले पहिलो श्रीमतिबाट जन्मेका छोरा र दोस्रो श्रीमति सबिता देवीले मिलेर अन्य केही जनासहित उनलाई कुटपिट गर्नुका साथै मुख समेत सिलाई गरिदिएको हो ।

कुटपिट गर्दै जबरदस्ती भोलाको मुखलाई सिलाई गरी राती करिब ११ बजेको समयमा रेल्वे पटरीमा डोरीले उनको हातखुट्टा बाँधेर पटरीमा फालिदिएको बताए । विहान करिब ५ बजे स्थानीयहरु खेततर्फ जाँदा उनलाई देखेपछि प्रहरीलाई खवर गरेको थियो ।भोलालाई रेल्वेको पटरीसँग बाँधिएको देखेपछि स्थानीयहरुले गाउँलेहरुलाई बोलाउनुको साथै प्रहरीलाई समेत जानकारी गराएको थियो । तुरुन्तै आएको प्रहरीले उनलाई पटरीबाट खोलेर स्थानीय क्लीनिकमा लगी सिलिएको मुखको धागो काटेको थियो ।

जानकारी अनुसार, केही महिनाअघि भोला र उनकी श्रीमति सबिता देवीबीच विवाद भएको थियो । त्यसपछि गाउँमै पँचायत पनि भएको थियो तर, सबितालाई राहत नमिलेपछि उनले यस्तो गरेको हुन सक्ने बताइएको छ ।भुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए । पहिलो श्रीमतिको मृत्यूपछि गत सन् २०१० मा उनको अर्को विहे भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार