फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलाको २ सय रुपैयाले बढेको हो । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै काठमाडौं । सोमबार अमेरिकी डलर, युरोसहित अन्य देशको विनिमयदर केही घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६० पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ७४ पैसा तोकिएको छ।

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ २० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ७४ पैसा तोकिएको छ।त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार