बधाई : नायक पुष्प खड्काले किने यति महंगो कार

नायक पुष्प खड्काले नयाँ कार किनेका छन् । पुष्पले सोमबार सेतो रंगको ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । ७० लाखको कार किनेपछि पुष्पले आफ्नो सपना पुरा भएको बताएका छन् ।

कैलाली जन्मथलो भएका नायक पुष्प खड्काले आफ्नो मिहिनेत र विश्वासले कार किन्न सफल भएका बताएका छन् । उनले कैलालीमा घर समेत बनाइसकेका छन् । ‘मलाई दर्शक र मेकरले रुचाइ दिनुभएको छ । उहाँहरुको विश्वासलाई कहिले पनि कम हुन दिन्नँ’ पुष्पको भनाई छ । ‘अझै पनि, फिल्मबाट अभिनय यात्रा सुरु गरेका पुष्पले दर्पण छायाँ २’, ‘मंगलम’, ‘मारुनी’, ‘दाल भात तरकारी’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ प्रदर्शनको पर्खाइमा छन् । कोरोना कहरले फिल्मको काम बन्द भएपछि पुष्प पछिल्लो समय म्युजिक भिडियो मोडलिंगमा व्यस्त छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार