माधव नेपालको विरोधमा ओलीनिकट युवाहरुले निकाले बाँदर जुलुस

काठमाडौं । नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो ।

बाँदरको मुकुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला जलाएका थिए ।नेपाल समूह र ओली समूह गरि २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।
यो पनि समाचार : पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए।

घरबाट बाख्रा च’राउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बे’पत्ता भएको स्थानीयले बताए । पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बेपत्ता थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेप’त्ता भएको स्थानीयले बताए । सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बेप’त्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेप’त्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार