बस पल्टिँदा एकको मृ’त्यु, एक दर्जन यात्रु घा’इते

लाहान ।सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने १३ यात्रु घा’इते भएका छन् ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृ’त्यु भएको जनाएको छ । दु’र्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु’र्घटनालगत्तै चालक फ’रार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।(फाइल तस्बिर)

यो पनि समाचार: धनगढी उपमहानगरपालिका ३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न लागेका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

आज मंगलबार स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना घाइते भएको बताइएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अश्रुग्यास प्रहारपछि भीड नियन्त्रणमा आएको जनाइएको छ । लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध भएको छ ।वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरीले जनाएकोछ ।

यसअघि सोमबार पनि प्रहरीले कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो ।स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार