छोरीहरुसंग पाँच वर्षदेखि चम्सुरीले लुकाएको रहस्य

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’मा सुन्तलीकी आमा बनेर लामो समय अभिनय गरेकी लोकप्रिय कलाकार र पल्पसा डंगोल ‘चम्सुरी’ यतिबेला त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।पाँच वर्षअघि पनि पल्पसाको मि’र्गौलामा स’मस्या देखिएपछि उनले यो कुरा गोप्य राख्दै हाँ’स्दै रमाउँदै छोरीहरुसँग खुशीसाथ समय बिताइरहेकी थिइन् । उनले ५ वर्षदेखि मृ’गौलाको उपचार गर्दै आएको कुरा उनका २ छोरीहरुले थाहा नै पा’एका थिएनन् ।

तर विगत १ महिना अघिदेखि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत चम्सुरीको स्वास्थ्यमा झनै ग’म्भिर स’मस्या देखा पर्दै गएपछि भने चम्सुरीले यो कुरा लुकाई राख्न सकिनन् र मध्यरातमा शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराइन् ।

र चम्सुरी अस्वस्थ रहेको कुरा बाहिर आयो ।यसबिचमा छोरीहरुले पनि आमा बि’रामी भएको र दुवै मृर्गौला फेल भएको रहस्य थाहा पाए ।पछिल्लोपटक गरिएको डा’इलसीसका क्रममा स’मस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्र’त्यारोपण गर्न सुझाव दिएका थिए तर चम्सुरीले यो कुराले छोरीहरुलाई आहात पुग्ने भन्दै बताएकी थिइनन् ।

कि’ड्नी फेल भएको समयमा पनि चम्सुरीले निरन्तर काम गरेकै थिइन् । हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् ।लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रो’किनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् । कला कारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पा’लनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् ।

उनका छोरीहरु क’माउन सक्ने भइसकेका छैनन् ।काठमाडौंको बालाजुमा पल्पसाको घर छ । यतिबेला पल्पसाले पैसा भन्दा पनि आँफुलाई कि’ड्नी दिने ब्यक्तिको खाँ’चो भएको बताउँदै आएकी छिन् । उनले रुँदै आफ्नो स’मस्या राखेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

पैसा उठाउन थालेको खबर सुनेपछि चम्सुरीले भनिन ‘आर्थिक संकलन नगरि दिनुहोस् ‘

हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् ।पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताउने गरेकी छिन् ।

निर्देशक दीपाश्री निरौलाले भनिन्–‘सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि हामीले पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने बिषयमा छलफल गरेका थियौं । तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको छ । पल्पसाले आफै रकम तिर्न सक्ने बताउनुभएको छ ।’

दीपाका अनुसार, पल्पसाले यतिबेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार