पौडी खेल्ने क्रममा नेपालगञ्जका तीन युवाको मृ’त्यु

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्र’ममा डु’बेर तीन युवाको ज्या’न गएको छ ।कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डु’बेर तीन जनाको मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृ’त्यु हुनेमा नेपालगञ्ज सदरलाइनका १८ वर्षीय रसिद जसगढ, श्रृष्टि हल लाइनका १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिस जसगढ रहेका छन् ।पौडी खेल्ने क्रममा डु’बेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृ’त अ’वस्थामा फेला पारेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको श’वलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

यो पनि समाचार: काठमाडौ । एउटा सुत्केरी प्रकरण घटना मिलाउन भन्दै गएका युट्युवर सन्तोष देउजा मिडियाकर्मीका रुपमा प्रस्तुत हुनुपर्नेमा एक प्रहरी र अनुसन्धानकर्ताका रुपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा निकै आलोचित भए ।

मनमाया सुनार र उनका श्रीमानले आफैले फोन गरेर हाम्रो त घर बस्यो, मैले श्रीमान पाएँ, छोराछोरीले पनि बुवा पाए तर तपाइँले गा ली मात्र पाउनुभयो भनेर बोलाएपछि आफुले यसवारेमा बोल्न बाध्य भएको बताए । सो घटना पछि आफु अस्वस्थ्य भएका कारण तत्काल त्यसबारे बोल्न नपाएका कारण धेरैले आफ्ना बारेमा धेरै नकारात्मक कुरा बाहिर आएको बताए ।

एक साता सम्म मैले सामाजिक सञ्जाल पनि चलाउन पाइन्, मोवाइल पनि हेर्न पाइन तर एक साता पछि घर आउँदा मलाई श्रद्धाञ्जली पनि आएको देखेँ तर पनि कुरा नबुझ्नेहरुले मलाई यसो भनेका होलान् भन्ने लागेर नबोलेको भएपनि मनमायाले नै फोन गरेर म सबै साँचो कुरा भन्छु भनेपछि आफु बोल्न बाध्य भएको बताए ।

मनमायाका श्रीमान अमर सुनार केही समय देखि सम्पर्क विहिन भएका थिए तर पछि उनी अर्को महिलाका साथमा फेला परेपछि सन्तोषले अनुसन्धानकर्ताको हैसियतले प्रस्तुत भए । उनले ह प्का एर कुरा गरे । उनी जसरी प्रस्तुत भए त्यसको निकै आलोचना भयो ।अमरलाई तँ भनेर सम्बोधन गरेर ठूलो श्वरले बोलेका थिए । सार्वजनिक मिडियामा तँ भनेर सम्बोधन गर्दै उनले देखाएको ब्यवहारको आलोचना भएको थियो । उनले अमरलाई तँ भनेकोमा माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार