को हुन् युद्ध बानिया ? , जसको प्रेममा छिन् नायिका पूजा शर्मा !

काठमाडौँ । नायिका पूजा शर्माको नाम नायक आकाश श्रेष्ठ, निर्माता तथा निर्देशब सुर्दशन थापासँग पटक पटक जोडियो । पूजाले सुर्दशन र आकाशलाई साथी मात्रै रहेको बताइरहेका बेला हालै आँफु प्रैममा रहेको तर आकाश र सुर्दशन प्रेमी नभएको रहस्य खोलीन् ।

पूजाले अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको अन्तर्वार्तामा आफु प्रेममा रहेको कुरा खुलासा गरेको केही दिनमा नै पुजा शर्मा युद्ध बानिया नाम गरेका युवकसँग प्रेममा रहेको रहस्य बाहिर आएको हो । उनीहरु प्रेममा रहेको कुरा सामाजिक संजालमा गरिएको कमेन्टबाट पनि बुझ्न सकिन्छ ।

नायिका पुजा शर्माले इन्स्टाग्राममा एक तस्विर शेयर गरिन् । उक्त तस्विरमा युद्ध बानियाले ‘साना’ भनेर प्रेम झल्काउने कमेन्ट गरेका छन्। त्यस्तै युद्धका तस्विरमा पनि पूजाले कमेन्ट गरेकी छिन्।

यो पनि समाचार: काठमाण्डौ – लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन ।

शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार