जनतासंग माफी माग्दै यसरी रोए किम जोङ (भिडियो हेर्नुस्)

काठमाडौ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई निकै कठोर नेता मानिन्छ । अरुको नजरमा उनके छवि निकै कठोर छ । तर उनले निकै भावुक भएर जनतासंग माफी मागेको भिडियो सार्वजनिक भएको छ । उनी माफी माग्ने क्रममा रोएको पनि देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार कोरोना भाइरसले देशमा अप्ठेरो अवस्था सिर्जना भएको र यस्तो समयमा देशमा जनताले चाहे जस्तो विकास गर्न नसकेको भन्दै उनले माफी माग्दै रोएका हुन् ।

किमले गत शनिबार सत्ताधारी वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवका क्रममा माफी मागेका थिए। सार्वजनिक भिडियोमा किमले चस्मा पुछेर रोएको देखिएको छ। किमले विरलै माफी माग्छन्। झन् माफी मागेरै रोएपछि यतिबेला यो विषय विश्वभर चर्चाको विषय बनेको छ।

‘जनताले म प्रति आकाशभन्दा माथि र सागरभन्दा गहिरो विश्वास गरेका छन्, तर म यसमा सन्तुष्ट भएर बाँच्न असफल भएको छु’ उनले सो क्रममा भनेका थिए,‘म यसका लागि साँच्चै दुखी छु र माफी माग्न चाहन्छु।’

किमका बारेमा अन्तराष्ट्रिय संचार माध्यमहरुले बेलाबेलामा अफवाह समेत फैलाउने गरेका छन् । दुई पटक सम्म उनको निधनको खबर मिडियामा सार्वजनिक भएको थियो । उनी रहस्यमयी नेता भएको भन्दै अन्तराष्ट्रिय माध्यमले भन्ने गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्, ‘जनताले म प्रति धेरै आशा गरेका छन्, भरोसा गरेका छन्। म सबै व्यक्तिको विश्वासका लागि धन्यवाद भन्न चाहन्छु तर मेरो प्रयास र ईमानदारीताले हाम्रा मानिसहरुको जीवनमा आइपर्ने कठिनाइहरूबाट मुक्त गर्न पर्याप्त छैन’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार