रातारात भाईरल बन्यो राजेश हमालले खेलेको लोक दोहोरी गीत (भिडियो )

काठमाडौं – अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘मञ्जरी’ सार्वजनिक गरिएको छ । यो लोकदोहोरी गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
देवी घर्ती र प्रकाश पराजुलीको स्वर रहेको लोकदोहोरी गीतमा नवराज पन्तले शब्द रचना गरेका छन् । साथै गीतमा गायक पराजुलीले नै संगीत सिर्जना गरेका छन् ।

गीतमा संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।यस्तै गीतको भिडियोमा राजेश हमालले कम्मर मर्काएका छन् भने उनीसँग कलाकार वर्षा शिवाकोटी र प्रकाश सपूतको समेत अभिनय रहेको छ ।

भिडियोमा हमाललाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतलाई प्रकाश जिसीले निर्माण गरेका हुन् भने देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा करण चैसिरको छायांकन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार