दशैको मुखमा कुकुराको मासुको मूल्यले राख्यो नयाँ की’र्तिमानी ,

काठमाडौं। दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुले अन्य समयमा भन्दा ठिक विपरित मुल्य घटेर नयाँ कीर्तिमान कायम गरेको छ।

लकडाउनको समयमा उत्पादन घटेकाका कारण लकडाउनपछि मूल्य बढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान व्यवसायीहरूले गरेका भएपनि व्यवसायीहरूको अनुमानको विपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हाराहारीमा आइपुगेको छ ।

यसअघि, निषेधाज्ञाको समयमा प्रहरीले पसल खोल्न कडाइ गर्दा बिक्री गर्न नपाएर कुखुराको मासुको मूल्य घटेर प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो भने अहिले मासु खाने मानिसहरूको सङ्ख्या घटेका कारण मूल्य घटेको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार