म्याग्दीको भीरबाट जीप ख’स्यो

बेनी म्याग्दीको धवलागिरी –७ बादिकामा शुक्रबार जीप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भी’रबाट ‘ख’सेको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । सुनार सडकबाट खसेर सल्लाको रुखमा अ’ड्किएका थिए।चालकसहित ८ जना सामान्य घा’इते भएका छन् । चालक आकाश रसाइलीको निधार र घा’टीमा चो’ट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रुहरु बाँच्न सफल भएका छन्। जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घ’टनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।( फाइल तस्बिर )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार