यस्पाली दशैंमा टीका लगाउनु नआउनु : पुर्व राजा

काठमाडाैँ, १ कार्तिक / पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिकाे दशैँमा सर्वसाधारण एवं शुभचिन्तकहरूलाइ दशैँ टीका नलगाउने जनाइएकाे छ ।

एक सूचना जारी गर्दै पूर्वराजामा निष्ठा राख्ने सर्वसाधारणहरूलाइ यसपाली काेराेना संक्रमणकाे जाेखिमका कारण टीका प्रदान नगरिने जनाइएकाे हाे ।

साथै नवरात्रि अवधिभर पूर्वाराजा शाहले कुनै पनि शक्तिपीठहरूकाे दर्शन नगर्ने पनि सूचनामा जनाइएकाे छ ।
उहाँले सनातन परम्पराकाे मूल्य-मान्यता कायम राख्दै सामान्य र सादगी ढंगले दशैं पर्व भने मनाउने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार