भ्वाइस अफ नेपालको फाइनलमा तारा श्रिष मगर

चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ मा आफ्नो सुमधुर आवाज र प्रस्तुतिका कारण चर्चामा रहेकी तारा श्रीष मगरले पून दर्शक श्रोताहरुको मन जित्दै फाइनलमा प्रवेश गरेकी छिन् ।

उत्कृष्ट ८ को प्रस्तुतिका दमदार प्रस्तुति दिएकी उनले अवार्ड जित्न सफल भएकी हुन् । उनले गाएको यस परम्परागत लोकभाकामा उनको दमदार प्रस्तुतिसँगै उनको सुमधुर आवाजलाई पनि निर्णायकहरुले मन पराएका थिए । ब्लाईण्ड अडिसनदेखि नै सबैको मन जितेकी उनी आवाज र प्रस्तुतिका कारण चर्चामा छिन् ।

सर्वाधिक चर्चामा रहेकी तारा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी पनि हुन् । ताराको आवाज द भोईस ग्लोबलमा मार्च महिनाको उत्कृष्ट प्रस्तुतिका रुपमा छनौट हुन सफल भएको थियो । उनी कोच राजुको टिममा छिन् । बागलुङमा जन्मिएकी तारा जीवनको भोगाईलाई उतार्ने पानाका रुपमा संगीतलाई परिभाषित गर्छिन् ।

सानैमा गीत गाउन लाग्दा उनलाई परिवारबाटै अवरोध थियो । छोरी मान्छेले नाच्नु र गाउनुलाई त्यति राम्रो नमान्ने समुदायमा हुर्किएकी उनलाई पछि उनको बुवाले नै सँगीत क्षेत्रमा लाग्न मदत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार