आफ्नै गर्लफ्रेण्डले साथी मिलाइदिएपछी,बाहुन र परियारको अन्तरजातीय प्रेम(भिडियो हेर्नुहोस्)

सीमा शर्मा गुरुङ र अमृत परियारको जोडी निकै नै रमाइलो छ।पहिलोभेपहिलोभटमै यति सानो उमेरमा उनीहरूको अन्तरजातीय प्रेम रहन गएको छ। उनीहरूले एक अर्कालाई निकै मन पराउने र प्रेम गर्न भएका कारण आफ्नो सम्बन्ध लाई उनीहरूले वैवाहिक रुप दिएका छन्।अन्तरजातीय प्रेम सम्बन्धकै कारण परीवारले स्वीकार नगरेपछि उनीहरू आफ्नै संघर्ष गर्दै बाँच्दै आएका छन्।

अमृत यतिबेला तनहुँको एउटा ग्यास पसलमा काम गर्दै गुजारा गर्दै आइरहेका छन्।उनीहरूको यही उदाहणीय जोडीलाई स्मार्ट टीभी नेपालले रमाइलो कुराकानी गरेको छ।सबैभन्दा पहिले उनीहरूको भेट भोल्टा चोकमा भएको थियो।त्यतिबेला अमृत र सीमा दाजुबहिनी भनेर भेट्ने गर्दथे।सीमा साथीसँग अमृतलाई भेट गर्न गएकी थिइन्।सीमाको साथी र अमृत गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड थिए।अमृतले आफ्नो गर्लफ्रेण्ड्लाई रू.२००(दुई सय) दिएका थिए।

अमृत दमौलीको एउटा ग्यास पसलमा काम गर्दै आइरहेका छन् भने उनको घर चाहिँ गोरखामा छ र सीमाको घर चाहिँ नारायणगढमा रहेको छ र उनीहरूको भेट दमौलीमै भएको थियो।अहिले उनीहरूको भेट पनि त्यहीँ दनौलीमै भएको थियोे।अमृत भन्छन्,आफ्नो गर्लफ्रेण्ड अलिक ठूलो हुने र दु’ख नबुझ्ने भएका कारण आफूले सीमालाई दुखसुखमा साथ दिने भनेर अपनाएको बताएका छन्।

उनी मुस्कुराउँदै भन्छन्,अहिले आफ्नै गर्लफ्रेण्डले आफूलाई ज्वाइँ भनेर बोलाउने गरेकी छिन् र सीमा पनि अमृतलाई जिस्काउँदै भन्छिन्,आफ्नै गर्ल्फ्रेण्डलाई ज्वाइँ भन्नुपर्‍यो।अमृत आफू पहिले अलिअली गीत संगीमा पनि लागेको र पैसा अभावका कारण काठमाडौँबाट फर्किएका थिए।यता सीमा हाँस्दै भन्छिन्,अमृतले आफूलाई स्टुडियोको कलाकार भनेर ढाँ’टेको र आफू फ’सि’एको बताउँछिन्।

अमृतले सीमालाई स्टुडियोमा गीत गाएको र दोहोरी साँझमा गएर गीत गाएको फोटो देखाएका कारण सीमालाई अमृत साँच्चिकै कलाकार जस्तो लागेको थियो।अमृतले सीमालाई आफू दलित थर भएको पनि बताएका थिएनन्।उनी नेवारको घरमा वसेर ग्यास बोक्ने काम गरेका कारण सबैले मलाई नेवार नै भन्छन् भनेका थिए र सीमालाई पनि नेवार नै होला भन्ने लागेको थियो तर बिहे गरिसकेर घरमा लगिसकेपछि पो अमृत दमाईको छोरा भएको बताएपछि आफूलाई परीवारले स्वीकार गर्दैन होला भन्ने लागेको थियो र नभन्दै अहिले परीवारले पनि नस्वीकारेको उनी बताउँछिन् ।भिडियो:-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार