सुजिता ठाकुर ‘हत्या प्रक’रणमा उनकै बुबासहित थप तीन जना प’क्रा’उ

महाेत्तरी – महोत्तरीकी सुजिता ठा’कुरकाे ह’त्या प्रक’रणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले प’क्राउ गरेको छ ।सुजिताकाे ह’त्यामा संलग्नता देखिएपछि’ बाबु पाण्डेयलाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिनुभयाे । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्र’कार सम्मेलन गरी प’क्रा’उ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनु’सन्धा’नबाट खुलेको छ । ‘बाबु कामेश्वर र देवर रूपेशकै मिलोमतोमा सुजिताको ह’त्या भएकाे खुलेको छ’, आचार्यले भन्नुभयाे, ‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले ह’त्या गरेको पाइएको छ ।’ पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उहाँले बताउनुभयाे । 

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन’, एसपी आचार्यले भन्नुभयाे, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घट’ना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले श’व लु:काउन मदत गरेको प्रहरी अनुस’न्धानबाट खुलेको छ । सुजिता ह’त्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई प’क्रा’उ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार