अधुरै रह्यो हिँड्ने बेला जयसिंहले छोराछोरी संग गरेको वाचा, छोराछोरीको लागि नयाँ लुगा ल्याउने सपना पूरा हुन सकेन

दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको चार जनाको परिवार छ। उनको घरमा श्रीमती राजन्ती, सात वर्षीय छोरा र डेढ वर्षीया छोरी छन्। परिवारका एक मात्रै भरोसा जयसिंह रोजगारीका लागि विदेश जाने तयारीमा थिए । त्यसकै लागि उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए।

स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ। तर भारतीय बाटो प्रयोग गरे दुई घण्टामै पुगिन्छ। भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यहीँबाट ख’लं’गा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६-७ जना मानिस आएका थिए।

मा’ल घा’टबाट तु’इ’नको सहयोगले भारततर्फ जाने गर्छन्, उनीहरु। यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका उनी गन्तव्यमा पुग्न सकेनन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तु’इ’न का’टि’दिँ’दा महाकाली ख’से’र बे’प’त्ता भएका थिए। सानो र सुखी जीवन बिताइरहेको यो परिवार अहिले शो ‘कमा डु’बे’को छ। महाकाली नदीमा बे’प’त्ता भएका घ’रमू’ली जयसिंहको अवस्था अझै अ’ज्ञा’त छ।

क’मा’उने मूल व्यक्ति गुमाएपछि परिवारको बि’च’ल्ली भएको जयसिंहका भाइ नरेन्द्र बताउँछन्। ‘केटाकेटी स–सना छन्। घरमा कमाउने दाइ मात्रै हुनुहुन्थ्यो। तर भारतीय एसएसबीका कारण हामीले उहाँलाई गु’मा’उ’नु पर्यो,’ उनले नेपालखबर भने, ‘भाउजू, भतिजा–भतिजी बि’च’ल्लीमा परेका छन्।’ उनका अनुसार जयसिंहका परिवारको आर्थिक अवस्था कमजोर छ। उ’ब्जा’उ हुने अन्न बालीले मात्रै खान पुग्दैन। खाद्यान्न किनेर खानुपर्ने अवस्था छ।

त्यसैले पैसा कमाउन घर छाड्नै पर्ने बा’ध्य’ता थियो उनलाई। जयसिंहले करिब ७ वर्ष नेपाली सेनामा काम गरे। त्यसले परिवारको आर्थिक अवस्था उ’का’स्न नसकिने भएपछि कतार गए। त्यहाँ उनले दुई वर्ष से’क्यु’रिटी गार्डका रुपमा काम गरे। त्यसपछि गाउँ फर्केका उनले घर बनाए। जयसिंहका चार दाजुभाइ छन्। ४ वर्षअघि उनी छु’ट्टि’एर अलगै बसेका थिए। घर बनाउँदा लागेको ऋण तिर्न दुई वर्षअघि फेरि कतारतिर हा’नि’ए उनी। तर उनी यसपल्ट विदेशमै अ’ल’प’त्र गरे।

‘दाजुलाई दलालले विदेशमा अ’ल’प’त्र परे। त्यसैबेला लकडाउन भयो। अनि यताबाट पैसा पठाएर उहाँलाई घर ल्याएका थियौँ,’ नरेन्द्रले भने, ‘विदेश जान उनले ३-४ महिना काठमाडौँमा पनि बिताए थिए।’ घर बनाउँदा लागेको ऋण तिर्न र परिवार पाल्ने खर्च जुटाउन विदेश हा’नि’ए’का धामीमाथि अझै ऋणको भार थपियो। विदेशमा अ’ल’प’त्र परेपछि घरबाट खर्च जुटाएर घर आएका उनी बेरोजगार बसेका थिए। एकातिर विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने र अर्कातिर परिवार चलाउनुपर्ने बाध्यता थियो उनलाई। यसकै लागि उनले फेरि रोजे विदेश यात्रालाई।

शुक्रवार साइतको टीका लगाएर घरबाट हिँड्ने बेला जयसिंहले विदेश जान सम्भव नभए गौरामा छोराछोरीका लागि नयाँ लुगा ल्याएर फर्किने आश्वासन दिएका थिए। काठमाडौँ जान सदरमुकाम खलंगा आउँदै गर्दा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबल एसएसबीले तु’इ’न का’टे’र उनका सबै सपना उर्लेको महाकालीमा मिलाइदिए। डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी अब श्रीमती राजन्तीको काँ’धमा आएको छ ।

‘अभिभावक गु’मा’उँदा परिवारलाई ठूलो ब’ज्र’पा’त परेको छ। कसरी घर चलाउने भन्ने समस्या भएको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘शिक्षा, दीक्षा र लालनपालनका लागि सरकारले परिवारलाई राहत उपलब्ध गराउनुपर्छ।’ जयसिंह बे’प’त्ता भएको सुनेदेखि श्रीमती राजन्ती र आमा–बुवा वि’क्षि’प्त छन्। उनीहरु बे ‘हो’स हुँदै हो’ समा फर्किँदै जयसिंहलाई सम्झिरहेका छन्। गाउँलेले उनीहरुलाई ढा’ड’स दिँदै सम्झाइरहेका छन्। बेप’त्ता जयसिंहको खोजतलासमा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अ’नु’स’न्धान आयोगको टोली लागेको दार्चुला प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार