जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट

काठमाडौं/पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् ।

संसदका महासचिवलाई पत्र लेख्दै जनताले चौरमा थाल थापेर छाक टारिरहेका बेला सांसदले दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले पनि ठीक नहुने भन्दै फिर्ता गरेको जानकारी गराएका हुन् । उनले चेकमार्फत दशैं भत्ताबापतको रकम संसद् सचिवालयलाई फिर्ता गरेका छन् ।

महामारीको समयमा पनि सांसदलाई भत्ता बाँडेको भन्दै अहिले सरकारको उक्त निर्णय निकै विवादित बनेको छ । केहि सांसदहरूले भत्ता फिर्ता गरिसकेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै सांसदले भत्ता फिर्ता गर्न पार्टीले निर्देशन दिइसकेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार