यति सानो उमेरमा जस्तो सुकै सर्प पनी समाउन सक्छिन डि जी……(हेर्नुहोस भिडियो)

सामान्यतया हामिलाई स-साना किराहरु देख्दा पनि एकदमै डर लाग्ने गर्छ तर डिजि बहिनी भने यति सानो उमेरमानै सर्पसग खेल्ने र उद्वार गर्ने काम गर्दछिन् ।आफुले लगभक ५० भन्दा बढि सर्पहरुको उद्वार गरि जङ्गलमा छोडेको बहपनि बताउँछिन् । यिनी हुन पोखरा जरेबरकि डिजि भण्डारी ।उमेरले भर्खरै ११ बर्ष मात्रै पुग्न लागिन् । डिजि बहिनिको उमेर मात्रै सानो हो तर यी बहिनिले गर्ने काम साचै नै उदाहरणीय लाग्छ ।

उमेर सानो भए पनि उनको हिम्मत भने ठुलो रहेको छ। हामीहरु भने शर्प देख्ने बेत्तकै ४ कोस टाढा पुग्छाम भने डि जी ले सर्पलाई हातमै समाउछिन। उनको साहास र हिम्मत देख्दा त्यहाका मानिसहरु पनि छक्क पर्दछन। डि जी भन्छिन मलाई पहिले सर्प समात्न धेरै डर लागेको थियो भने अहिले डर नै लाग्दैन। हामीले कुनै पनि प्राणीलाई मार्नु हुनदिन उसलाई पनि आफ्नो गत्न्ब्य मा जान दिनु पर्छ।

पोखरा सेरोफेरोमा जब काहीँ कतै कसैले सर्प देख्छन् तुरुन्त डिजि बहिनिको टिमलाइ बोलाई हाल्नुहुन्छ ।बोलाए बमोजिम डिजि बहिनी सहितको टिम त्यहा पुगेर सर्पको उद्वार गर्ने गर्दछन् ।यति सानि बहिनिको यस्तो महान्तम काम देख्दै गर्दा उनिलाइ सबैले सम्मान गर्ने गर्दछन् ।डिजि बहिनी भन्छिन् कि सर्प जङ्गलि जनावर हो त्यस कारण त्यसलाइ स्वतन्त्र रुपमा जङ्गलमा छाड्नुनै धर्म हो । पुरा जानकारी भिडियो हेरर थाहा पाउनुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार