फेरि भाइरल बन्यो प्रियंका कार्कीको यो तस्बिर

पछिल्लो समय पेज थ्रीको गसीपमा नायिका प्रियंका कार्कीकै चर्चा छ l गर्भवती भएको लगभग ९ महिना पुग्दा पनि उनको चर्चा सेलाउन छाडेको छैन l आलोचनाले उग्र रूप लिँदा पनि प्रियंकाले तस्बिरहरू सार्वजनिक गर्न केही हिचकिचाहट गरेकी छैनन् ।

बरु उनले ती आलोचना गर्ने दर्शकहरूलाई पनि सरल तरिकाले जवाफ दिँदै आइरहेकी छिन l यस बारे कार्कीका परिवारले पनि उनलाई साथ दिँदै मिडियामा आफ्नो अभिव्यक्ति दिनै रहेका छन् l तर यस बारे उनका पती आयुष्मान् देशराज जोशीले भने खासै मुख खोलेका थिएनन् l

तर सञ्जाल प्रयोगकर्ताहरूको आलोचना पराकाष्ठा नाघे पछि उनी पनि अब प्रियंकाको बचाउमा उत्रिएका छन् ।

प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरू प्रियंका भन्दै चिल्लाउँदै गर ।’ यसो त प्रियंका आफ्नै कृयाकलाप र बोलीका कारण विवादमा तानी नै रहन्छिन् l

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार