प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका र जमरा ग्रहण गनुभएको छ ।p

सोमबार (आज) राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओली र उहाँको धर्मपत्नी राधिका शाक्य दुवैले टीका र जमरा ग्रहण गनुभएको हो ।

यसअघि राष्ट्रपति भण्डारीले पनि विजयादशमीको अवसरमार गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको थियो । साथै, उहाँले आमा मिथिला पाण्डेका हातबाट पनि टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको थियो ।

सोही अवसरमा उहाँले आफ्नो छोरीज्वाइँहरू उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार