नेपाल पैसा पठाउदै हुनुहुन्छ? आजको विदेशी मुद्रा विनिमय दर , हेर्नुहोस कुन देशको कति…

काठमाडौँ २५ असार /आज धेरै जसो देशको देशको मूल्य घटेको छ। नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा, बिक्रिदर २६ रुपैयाँ ५५ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ ७० पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २० र बिक्रिदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ १६ पैसा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार