अर्घाखाँचीमा माइक्राे बस दु’र्घ’टना 

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-३ ठाडामा माइक्राे बस दुर्घ’टना हुँदा एक जना ज्या’न गएकाे छ । आठ जना घा’इते भएका छन् ।

काठमाण्डाैबाट अर्घाखाँचीकाे सन्धिखर्कका लागि छुटेकाे बा ३ ख ८६३९ नम्बरको माइक्राे बस आज बिहान दु’र्घटनामा परेकाे हाे । दु’र्घटनामा भूमिकास्थान गाउँपालिका-९ ढिकुराका सञ्जय विककाे ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयाे । माइक्राे बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उहाँले बताउनु भयाे ।

घा’इते भएकामध्ये दुई जनाकाे अवस्था ग’म्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घाइते ६ जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो  । दु’र्घटनाका विषयमा बारेमा थप अनु’सन्धान भइरहेको उहाँले बताउनु भयाे । ( फाईल तस्बिर )

यो पनि : काठमाडौं :अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको ज्या’न गएको छ।  

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइ’ते भएका छन्। तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिए। बाढीपहिरोमा परी ४४ बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी छ। बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सु’रक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको कारण तीन हजार १८२ घर डु’बानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्ष’ति पुगेको छ। एक हजार ३०३ वटा पशु मरेका छन। सो अवधिमा भएका जम्मा एक हजार ३४५ विप’द्का घट’नाबाट एक हजार २६९ परिवारका छ हजार १११ मानिस वि’स्थापित भएका छन्।

उक्त घ’टनाबाट प्रभावित स्थानमा भएको क्ष’ति न्यूनीकरण, उद्दार, जो’खिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। -रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार