नायिका वर्षा सिवाकोटीले किनिन् यति महँगोमा अपार्टमेन्ट

नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् । हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । वर्षाका अनुसार, अपार्टमेन्टको मुल्य साढे २ करोड परेको छ । ‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ । अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’

वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।

वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन् । वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार