कोरोनासँग लड्दा लड्दै छोरीलाई जन्म दिएर अस्ताइन् डा. शारदा

कोरोना संक्रमणसँग लड्दा लड्दै भारतकी एक डाक्टरको मृत्यु भएको छ । भारत उत्तर प्रदेशकी डाक्टर शारदा सुमनको मृत्यु भएको हो ।

१४० दिन भेन्टिलेटरमा रहेर ४ सेटेम्बरमा डाक्टर शारदाले प्राण त्यागेकी हुन् । गर्भवती रहेकी शारदा कोभिड–१९ महामारीमा बिरामीको उपचारमा खटिइरहेकी थिइन् ।

यसै बखत उनलाई कोरोना संक्रमण भयो । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएपछि गत अप्रिल १४ मा लोहियाको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उनी भेन्टिलेटरमै रहेका बेला उनको पेटमा रहेको बच्चा मे मा निकालिएको थियो । उनले छोरी जन्मदिएकी छिन् । शारदाको अवस्था गम्भीर बन्दै गएपछि बच्चाको ज्यान बचाउन निकालिएको थिय ।

फोक्सो खराब भइसकेकाले प्रत्यारोपण गर्नुपर्ने उनको उपचारमा संलग्न चिकित्कसले बताए । त्यसपछि मुख्यमन्त्री आदित्नाथ सहितलाई भेटेर उनको फोक्सो प्रत्यारोपणको प्रयास भयो । उनलाई एयर एम्बुलेन्सबाट हैदरावादस्थित कृष्णा इन्टिच्यूड अफ मेडिकल साइन्स(किम्स) मा लगिएको थियो।

फोक्सो प्रत्यारोपणका लागि दाता भेटिएन । दाता खोज्दा खोज्दै डा. शारदाको मृत्यु भएको उनका पति डा.अजयले बताएका छन् । परिवारले हैदरावादमै डा.शारदाको अन्तिम संस्कार गरेको छ ।

२०१८ मा स्त्री रोग विभागमा जुनियर रेजिडेन्टको उनले सेवा सुरु गरेकी थिइन् । २०१९ मा खालियावाद निवासी डा. अजयसँग उनको विवाह भएको थियो । दुवै जना लोहिया अस्पतालमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार