आमाको निधन भएपछि अक्षय कुमारले भने, ‘सहनै नसक्ने पीडा महशुश भैरहेको छ’

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु । मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शान्तपूर्वक यो विश्वबाट बिदा हुनुभयो । उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गुज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको इज्जत गर्छु । ओम शान्ति’, अक्षयले लेखेका छन् ।

अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

अक्षयको जन्मदिन सेप्टेम्बर ९ तारिखमा हो । अक्षयको जन्मदिन भन्दा एक दिन अगाडि उनकी आमाको निधन भएको छ । अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था विग्रिएपछि अक्षय बेलायतबाट चलचित्र ‘सिन्ड्रेला’को छायांकन छाडेर भारत फर्किएका थिए ।

अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अक्षयले आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न निर्मातालाई आग्रह गरेका छन् । आफू आवश्यक नहुने दृश्यको छायांकन जारी राख्न उनले निर्मातालाई आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षयको साथमा ९ वटा प्रोजेक्ट छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार