‘ए मेरो हजुर ४’ मा फेरी अनमोल र सुहाना !! कहिले आउदै छ “ए मेरो हजुर ४” ?

काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ भदौबाट सरेर चैतमा पुगेको छ । यसअघि नारी दिवसको अवसर पारेर भदौ १८ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अब भने चैत २५ मा प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले एक साथ सामाजिक सञ्जालमा फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनीहरुले महामारीका कारण निर्धारित मितिमा फिल्म प्रदर्शन नसकेको उल्लेख गर्दै अवस्था सामान्य रहे वर्षको अन्तिममा फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् ।

यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।
झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।

उसबेला यो फिल्मलाई ‘आइ एम ट्वान्टी वान’को बाटो छेकेर प्रदर्शन मिति घोषणा गरेको आरोप लागेको थियो । भदौ १८ मा नै धिरज मगर र जसिता गुरुङ अभिनीत फिल्म ‘आइ एम ट्वान्टी वान’ प्रदर्शन हुने चर्चा थियो तर यसको समाचार आएकै दिन निर्माताले ‘ए मेरो हजुर ४’को पोस्टर सार्वजनिक गर्दै यो मितिमा आफूहरु आउने घोषणा गरेका थिए ।

तर यसको केही समयपछि नै अड्किँदा अड्किँदा गरेर बल्ल बल्ल सकिएको सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले यो मन मन’ले पनि भदौ १८ मा नै प्रदर्शन हुने घोषणा गरेको थियो । उसबेला दुवै फिल्मको लक्ष्य तीजको बिदा खाने थियो । तर बीचैमा महामारी आएपछि कुनै पनि फिल्म रिलिज हुन सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार