एलिजा गौतमको अभिनयमा नयाँँ भिडियो सार्वजनिक [हेर्नुहोस्]

काठमाडौं २४ कार्तिक / एकपछि अर्को गर्दै म्युजिक भिडियोमा अभिनय गरेर चर्चाको शिखरमा रहेकी नायिका एलिजा गौतम फिचर्ड नयाँ भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

गायिका अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा ’यो धड्कन’ गीतको भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा एलिजा गौतम र आशिस कुमार फिचर्ड छन् ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ ।

भिडियोमा एलेन मगरको छायाङ्कन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार