जाजरकोटमा जीप दु’र्घटना

जाजरकोट : जाजरकोटमा जीप दुघ’र्टना हुँदा दुई जनाको मृ’त्यु भएको छ। बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा दु’घर्टना हुँदा दुई जनाको ज्या’न गएको हो। दु’घर्टनामा परि ५ जना घा’इते भएका छन् ।

खारा-गेरेनी सडक खण्डको गेरेनी भन्ने ठाँउमा दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ३२ वर्षिय शान्ति रोकाय र २५/३० वर्षको देखिने एक पुरुषको मृ’त्यु भएको प्रहरीले जनाएको छ। घा’ईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ। घा’इते पाँच मध्य चार जनाको अवस्था ग’म्भिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए। 

स्थानिय बासिन्दा सम्मान रावलका अनुसार नाम नखुलेका पुरुष जुम्ला तिरका रहेकोले उनको नाम ठेगाना खुल्न सकेको छैन। गाडी सडकमै पल्टिएको प’ल्टिएको उनले बताए।

मृ’त्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टा’उको का’टेको छ भने नाम नखुलेका पुरुषलाई गाडीले किचेको छ। गाडीको व्रेक फेल हुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दु’र्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ। यो कच्चि सडक गत वर्ष मात्र सञ्चालनमा आएको हो। घट’नास्थल सदरमुकाम खलंगा देखि ४५ किलोमिटरको दुरीमा पर्छ।(फाईल तस्बिर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार