ट्रकभित्रै १३ वर्षीया बा’लिका ब’ला’त्कार

ट्रकभित्र १३ वर्षीया बा’लिकालाई ज:बरज’स्ती कर’णी गरेको आ’रोपमा काभ्रे प्रहरीले मंगलबार दुईजनालाई प’क्राउ गरेको छ। झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई मंगलबार धुलिखेलबाट नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय का’भ्रेले जनाएको छ।  

प्रहरीका अनुसार केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नं. १ श्रृजनानगरस्थित सडक खण्डमा पूर्वतर्फ जानको लागी भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई एकिन नम्बर नखुलेको ट्रकले गन्तव्यसम्म पुर्याइदिने भनी ट्रकमा लगेका थिए। तर उनीहरुले गाडीमा राखी ल्याएकोमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोल पम्प अगाडि गाडी रोकेर बा’लिकामाथि ज’बरज’स्ती गरेको थियो। गाडीभित्रै चालक र सह–चालक दुवैजना मिली पालैपालो ज’बरजस्ती क’रणी गरी बा’लिकालाई गन्तव्यसम्म नपुर्याइ सोही स्थानमा छाडी गाडी लिई भा’गी फ’रार भएको प्रारम्भिक अनु’सन्धानबाट देखिएको प्रहरीले जनाएको छ।  

पी’डित बा’लिका आफूलाई जब’रज’स्ती कर’णी भएपश्चात गन्तव्यतर्फ नगई  पुनः भक्तपुरतर्फ साँझको समयमा एक्लै विक्षिप्त रुपमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खड्काले बताए।

बालि’कालाई सोधपुछ गर्दा आफूलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म पुर्याइ दिन्छु भनी ट्रकमा राखी लगेकोमा काभ्रेको बनेपा नगरपालिका १२ जनागालस्थित साझा पेट्रोल पम्प अगाडि गाडी रोकी सोही गाडीभित्र चालक र सह–चालक दुवै जना मिली पालैपालो जबरज’स्ती कर’णी गरेको भनी बा’लिकाले बताएको उनले जनाए। त्यसपछि तत्काल पी’डितलाई आफन्तको जिम्मा लगाई अनु’सन्धान प्रारम्भ गरिएको उनले जनाए।  

तत्काल वारदात भएको भनिएको स्थानमा प्रह’री टोली खटी जाँदा सोही स्थानमा पी’डि’तको कपडाहरुसहितको झोला र चप्पल फेला परेको प्रह’रीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विशेष अनुस’न्धान टोलीले ईला’का प्रह’री कार्यालय बनेपाको सहयोगमा अनु’सन्धान कार्य प्रारम्भ गरिएको जनाइएको छ। घ’टना घ’टाई वारदात स्थलबाट गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापासम्म पुगेको जनाइएकोमा नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आइपुग्न अत्यधिक समय लागेको देखिएकाले सो ट्रक उपर शं’का लागी उक्त ट्रकलाई निगरानीमा राखी प’क्रा’उ गरिएको प्रहरीले जनाएको छ।

प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रकमोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाडौ्तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार काभ्रे धुलिखेल नगरपालिका ०७ धुलिखेल चोकबाट ट्रकसहित उनीहरुलाई प’क्रा’उ गरिएको जनाइएको छ। (नागरिक न्युज )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार