काेराेनाले घटायाे भाइमसलाको मूल्य

२५ कात्तिक, काठमाडौं । यस पटकको तिहारमा भाइमसलाको व्यापार घटेको व्यपारीहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य २० प्रतिशतले कम हुनुका साथै व्यापार व्यवसायमा पनि कमी उनीहरुले गुनासो गरेका हुन् ।

विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको व्यवापारीहरु बताउँछन् । धेरै समयसम्म गोदममै सामान राख्दा पनि बिग्रिने भएकाले यो वर्ष भाइमसला सस्तोमा बिक्रि भइरहेको उनीहरुले बताएका छन् ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला बिक्रि हुने गरेको भए पनि कोरोनाका कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको व्यवसायीहरु बताउँछन् ।

हिन्दु परम्पराअनुसार तिहारको पाँचौं दिनमा पर्ने भाइटीकामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायतका भाइमसला अनिवार्य हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार