आज पत्याउनै नसकिनेगरी ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । बिहिबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको सुनको मूलय आज १४ सयले घटेर ८९ हजार एक सयमा किनबेच भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८८ हजार ६५० रहेको जनाइएको छ ।

त्यस्तैगरी आजआज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज घटेर तोलामा ११७० कायम गरिएको महासंघले जनाएको छ ।

यो पनि : ताप्लेजुङ ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ ।पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार