कतारको अदालतले दियो कामदार यस्तो कडा आदेश,के हुन्छ अब?हेर्नुहोस

काठमाडौं : कतारको अदालतले विदेशी कामदारले आफ्नो असन्तुष्टि सबैभन्दा पहिले आफ्नो रोजगारदाता समक्ष राख्नु पर्ने बताएको छ । एक विदेशी कामदारले रोजगारदाता कम्पनीले आफ्नो कार्य सम्पादन सही मुल्यांकन नगरेका कारण आफ्नो पदोन्नति नभएकाले न्याय र क्षतिपूर्ति माग्न अदालतमा उजुरी गरेका थिए ।

कामदारको मुद्दा खारेज गर्दै अदालतले भनेको छ, ‘उजुरीकर्ता कामदारले आफ्नै रोजगारदाता समक्ष आफ्ना सिकायत विधिवत राख्नुपर्छ ।’

अदालतले कम्पनीबाट राजीनामा गरिसकेका कामदारको उजुरी गर्ने हकदैया नरहने पनि फैसलामा भनेको छ । यसले रोजगारीका क्रममा कम्पनीमा हुने अन्याय तथा विभेदका विरूद्ध संघर्ष गर्न रोजगारीमा नै रहनुपर्छ भन्ने देखाएको छ ।

खाडीका विभिन्न देशमा कार्यरत कामदार तलब सुविधा नपाएको भन्दै कम्पनी छोडेर हारगुहार लगाउने गर्दछन् । तर अदालतले रोजगारदातासमक्ष निश्चित प्रक्रियामा आफ्ना अधिकार, न्याय र सुविधा खोजिएको हुनैपर्ने र त्यो माग रोजगारदाताले नसुनेको भएमात्र अदालतले सुनुवाइको अवसर दिन सक्ने बताएको छ ।

कतारमा सप्लाई कम्पनीमार्फत काम गर्ने विदेशी कामदार बढी पीडित भएको बताइन्छ । एम्नेस्टी इन्टरनेशनलले आप्रवासी कामदाहरू आर्थिक, मानसिक र शरीरिक शोषणमा पर्ने गरेको बताउँदै आएको छ । कतारको सुरा काउन्सिलले आप्रवासी कामदार भर्ना तथा रोजगारसम्बन्धी कानून परिवर्तन गर्न सिफारिस गरेपनि प्रभावकारी नभएको कतिपयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार