सुटिङ सेटमा फर्किइन साम्राज्ञी, सेयर गरिन् यस्ता तस्बिर..

काठमाण्डौं । गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् ।वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन ।

भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् । उनै, साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् ।

यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् । यस्तै साम्राज्ञीले आफ्ना केही नयाँ तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार