कुवेतको कम्पनीले माग्यो २५० जना नेपाली कामदार, मासिक तलब तथा सेवा सुविधा यस्ता छन्-

कुवेतको एक कम्पनीले ठूलो सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको अमानको सेक्युरिटी कम्पनीले सेक्युरिटी गार्डका लागि २५० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।कामदारले तलब खान बस्ने सहित ४८ हजार माथि पाउनेछन् ।

इच्छुक कामदारले लिङ्क इनटरनेशनल प्लेसमेन्ट सर्भिस प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २० गते अन्तरवार्ता दिनु पर्ने छ ।स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

यो पनि पढ्नुहोस –अष्ट्रेलियाले आउँदो नोभेम्बरदेखि खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने तयारी गरेको छ । को-भि’ड–१९ को संक्रमणका कारण अष्ट्रेलियाको सीमा १८ महिनादेखि बन्द थियो ।हालका लागि अष्ट्रेलियाका नागरिक र कुनै विशेष कारण भएका मानिस अष्ट्रेलियामा प्रवेश गर्न सक्छन् ।

विशेष कारण नदेखाइ अष्ट्रेलियाबाट बाहिर जान पनि रोक लगाइएको छ ।को’रोनाको संक्रमण रोक्नका लागि अष्ट्रेलियाले अपनाएको यो नियमको एकातिर तारिफ भइरहेको छ भने अर्कोतर्फ यसले परिवारलाई छु’ट्याएको भन्दै वि’रोध पनि भइरहेको छ ।प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका राज्यले यात्राका लागि अनुमति पाउनेछन् ।

‘अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ,’ उनले पत्रकारलाई शुक्रबार भने ।अष्ट्रेलियाको १४ दिनको होटल क्वा’रेन्टिनको नीति पनि क्रमश ह’टाइनेछ । यसको साटो खोप लगाइसकेका यात्रीले सातदिनसम्म आफ्नै घरमा क्वा’रेन्टिन बस्नुपर्ने हुन्छ ।

यद्यपि, धेरैजसो एयरलाइन्सले तत्कालै पूर्ण सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ ।सिड्नी, मेलबर्न, क्यानबेरामा को’रोना संक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउन लागू गरिएको छ ।यी प्रभावित क्षेत्रमा हालैका समयमा खोप अभियानलाई तीब्रता दिइएको छ ।

सिड्नी पनि समावेश न्यू साउथ वेल्स केही हप्तामा ८० प्रतिशतको सीमा पार गर्ने पहिलो राज्य बन्ने बाटोमा छ । मेलबर्न राजधानी भएको भिक्टोरिया पनि पछि छैन । तर केही राज्य– विशेषगरी क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाले खोप लगाउनेहरुको संख्यामा थप वृद्धि नभएसम्म सीमा बन्द राख्ने ध’म्की दिएको छ ।यी राज्यमा को’रोना संक्रमणको दर लगभग शून्य नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार