रञ्जित परियार र पूर्णकला विसिको ” हार लायर जाउ ” (भिडियो)

यतिबेला बजारमा चर्चामा रहेका गीतहरु मध्य पर्ने एउटा गीत हो ” हार लायर जाउँ ” नवराज पन्तको शब्द रचना रहेको यो गीतमा आशिष अविरल संगीत भरेका छन् भने रञ्जित परियार र पूर्णकला विसीले स्वर।

पछिल्लो समय नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ। केही वर्ष अघि यिनै सर्जक नवराज पन्तको शब्द रचनामा रहेको गीत ” सालको पातको टपरी ” ले नेपाली लोक संगीतलाई एउटा अर्कै बाटो तरफ मोड्न सफल भएको थियो।

गीत चल्नुमा गीतको भिडियो एउटा मुख्य पाटो हो।गीत संगै भिडियोले बजार तताईरहेको हुन्छ। यो भिडियोमा मोडल जुना सुन्दास रन्जित परियार चक्र वम अस्मिता पन्तको धमकेघार अभिनय रहेको छ। यो मिठो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन, करन चैसिरले छायांकन भने प्रविन भट्टले सम्पादन/कलर गरेका हुन्। पुरा भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार