छोटो समयमै औधी रुचाइएको रमेश राजको ” भन साइँला ” , युट्युब देखि टिक-टक सम्म भाइरल (भिडियो)

नेपालगञ्ज : कलाकार रमेश राज भट्टराईको ‘ भन साइँला ‘ बोलको गीत यति बेला सामाजिक सञ्जाल खुब चर्चामा छ । गीत सार्वजनिक भएको ३ हप्ता नपुग्दै युट्युबमा ३१लाख भन्दा बढी पटक हेरिएको छ भने टिक – टकमा पनि हजारौंको संख्यामा टिक-टक बनेका छन् ।

रमेश राज भट्टराई र रचना रिमालको स्वर रहेको यो गीतका सर्जक संगीतकार रमेश राज आफै हुन भने भिडियोमा शंकर बीसीको निर्देशन , जीवन भट्टराई ,लक्ष्मी बर्देवा , सन्तोष पन्त ,संगम भण्डारीको अभिनय रहेको छ।

यो गीतको यति चर्चा हुनुको मुख्य कारण गीतले बोकेको भाव हो ,यो गीतमा लाखौं परदेशीको त्यो कथा उठाइएको छ जुन अधिकांश नेपालीको साझा समस्या भन्दा पनि हुन्छ।४० कटेसी रमाउने सुखद भविष्यको कल्पना गर्दै, विदेशीएका परदेशीहरुको जिवन भने आफैंमा दुःखद बितिरहेको हुन्छ।एकातिर मातृभुमी र परिवारबाटा टाढा अर्कोतिर बिरानो मुलुक चिनारु कोही हुँदैन ।यता स्वदेशमा रहेका परिवारमा पनि उतिकै पीडा र कुण्ठा ।अझ श्रीमान परदेशीएपछि एउटी श्रीमतीले कतिसम्मभोग्नु र सुन्नुपर्छ अरु कसैले कहाँ लेख्न, सुन्न र भन्न सक्ला र ? यहि यथार्थ मनोभावलाई रमेशराज भट्टराईले गीतमा उतारेका छन् ।

गायक रमेश राज भन्छन् यो कसैको कथालाई साभार नगरेको भए पनि अधिकांश नेपालीको परिवारसँग मिल्न जान्छ । उनले एक अनलाइन मिडिया सँगको अन्तर्वातामा भनेका छन् , ‘म पनि गाउँमा घाँसदाउरा गर्दै हुर्केको मान्छे हुँ । मैले गाउँमा प्रत्यक्ष देखेको छु कि परदेश जान पाए त राम्रो घर बनाउन सकिन्थ्यो होला, मनग्य पैसा कमाउन सकिन्छ होला भन्ने हुन्छ र धेरै युवाहरू परदेश जानुहुन्छ तर सबैले आफ्नो सपना पूरा गर्न सक्नुहुन्न । त्यो मध्येको एक यो कथा हो ।’ (हेरौं भिडियो )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार