गर्न नसकिएको प्रेम – करण चापागाईं

तिमी अन्जान नै ठिक थियौ, तिमिलाइ नदेखेकै ठिक थियो,किन थाहा छ जतिबेला तिमिलाइ देखे मैले अरु सोच्नै बिर्सिये,तिमिलाइ हेरेर म घन्टौ टोलाइदिन थाले,थाहा छ म अरु कसैको हु तर तिमी बाट नजर हटाउन मन ले दिदैन बस तिमिलाइ हेरिराख्न भन्छ।तिमिलाइ नचिनेकै ठिक थियो ,तिमी सङ नजिक नभएको नै ठिक थियो।

जसरी दोबाटोमा भेट भएका मान्छे अन्जान नै हुन्छन तर मुटु मै बस्छन हो तेति चाहान्थे म थाहा छैन किन तिम्रो सामिप्य्ता खोज्दै छु फेरि ।थाहा छैन म गलत छु या मेरो मन अनि तिमी ? तिमी पनि त गलत हुन सक्छेउ जस्ले मेरो होस उडायो जस्ले मलाइ बाध्य बनायो र आकर्षित गर्यो आफू तिर ।अरे म त फेरि तिमिलाइ दोष लगाउन थालेछु आफ्नो गल्ती लुकाउन। गलत त सायद मेरो नजर थियो जो लोभ्भियो तिम्रो मदहोस मुस्कान मा अनि मेरो मन जुन चिप्लियो तिम्रो सुरिलो आवज मा। कति बाहना खोजे तिमी सङ बोल्न अनि तिमिलाइ नजिक बनाउन अनि बाहना तिम्ले पनि दिएउ अझै नजिकिन।

तिम्रो त्यो बाहुनी भनेर चिनाउने नाक अनि नाक माथी को चस्मा लाग्छ ती चस्मा भित्र बाट लजाउदै मलाइ नै हेरिरहेकी छेउ। तिम्रो मदहोस मुस्कान अनि सायद तिम्रो योवन कहि तेसैम आकर्षित त होइन? अग्लि तिमी अनि फेरि जे लगाएपनी सुहाउने तिम्लाइ मिल्थ्यो त आफ्नै बनाउन कुनै कसर बाकी राख्ने थिएन होला म।

मिल्थ्यो त म समय फर्काउथे अनि तिमिलाइ कुरि बस्थे तर म विवश छु म बाधिएको छु अरु कसैसङ त्यसैले त आफै भित्र जल्दै छु तिमिलाई देखेर। तिमिलाइ याद छ म घरी घरी तिमिलाइ त्यै एउटै फोटो हाल्न लगाउछु नि खै किन मलाइ नै नतमस्तक भएर हेरेझै लाग्छ अनि जिन्दगी बारे गहिरिएर केही सोचेजस्तो अनि त्यो सोच भित्र म तर मैले भनेका कुरा तिमी मानिदिन्छेउ अनि मेरो मन येसै रमाइदिन्छ।

होस म पनि एक्लै के के सोचेर बसिराछु तिमी त्यो फुल होउ मेरो लागि जुन अप्ठ्यारोमा पनि छैन अनि म टिप्न पनि सक्दिन।त्यसैले त भन्छु तिमी अन्जान नै ठिक थियौ। (लेखक करण चापागाईं )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार