इटलीमा विमान दु’र्घटना हुँदा ८ जनाको ज्या’न गयो

काठमाण्डाै – इटलीमा विमान दु’र्घटना हुँदा ८ जनाको ज्या’न गएको छ ।इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठो’क्किएर विमान दु’र्घटना हुँदा विमानमा रहेका आठै  जनाको ज्या’न गएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घ’टनामा परेको हो ।दु’र्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।विमान ठो’क्किएपछि भवन तथा तल रहेका कारमा आ’गलागी भएको थियो । दु’र्घटनाको कारणबारे अनु’सन्धान भइरहेको छ । 

यो पनि : काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना भने छैन । केही ठाउँमा हिजो ठूलो पानी परे पनि अब नपर्ने उहाँले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ ।

यस्तै, मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । विशेषगरी पहाडी जिल्ला र पहाडसँग जोडिएका केही तराईका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार