४ वर्षकी बालिका जो पुजाबाट घर फर्किनन्,बास्तविकता यस्तो रहेछ (भिडियो हेर्नुस्)

नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् । छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।

पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार मृ’ताअवस्थामा फेला परिन्। बालिकाको कट् टु नजिकै फेला परेको छ श’रिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको ग म्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा र’क्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

शेरबहादुर पाख्रिन बुधबार साँझ छिमेकीको घरमा व्यस्त थिए। पाख्रिन बुधबार साँझ छिमेकीको घरमा व्यस्त थिए। छिमेकीको नयाँ घरको पूजा थियो। पूजा भएकाले गाउँमा चहलपहल पनि थियो। उनकी ४ वर्षीया छोरी रुविना पनि त्यही पूजामा रमाइरहेकी थिइन्, साथीसँग खेलिरहेकी थिइन्।

अबेर भएपछि बुवा शेरबहादुरले रुविनालाई ‘घर हिँड छोरी’ भने। साथीहरूसँग रमाइरहेकी उनी घर जान मानिनन्। छोरी रमाइरहेको देखेर शेरबहादुरले पनि कर गरेनन्। छोरी एकछिन खेलोस् भनेर त्यहाँबाट निस्किए।

शेरबहादुरका अन्दाजी १० वर्षीय छोरा पनि छन्। साँझ साढे ६ बजेतिर शेरबहादुर फेरि छोरी लिन छिमेकीको घर गए। पहिला खेलिरहेको ठाउँमा रुविना भेटिइनन्। रुविना हराएपछि परिवारले खोजी गर्न थाल्यो। प्रहरीलाई बालिका हराएको खबर पुग्यो। परिवार, स्थानीय र प्रहरी सबै मिलेर उनको खोजीमा जुटे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार