दुर्घ’टना बाट जोगियो नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज, चिप्लिएर घाँसे मैदानमा पुग्यो

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।

यो पनि : मलेसियामा मेथानोल नामक बि ष मिसाइएको म दि रा (र क्सी) सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृत्यु भएको छ।

पछिल्लो महिना मे थानोल नामक बि ष मिसाइएको र क्सी से वनबाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका थिए , जसमध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृत्यु भएको मलेसिया सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हिशाम अब्दुल्लाहले बताउनुभएको हो।

बि षाक्त म दिरा (र क्सी) सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिकहरुमा म्यानमार , भारत र नेपालको रहेको बताउनुभएको हो।

तान श्रि डा.नुर हिशामले भने कि , मे थानोल नामक बी स मिसाइएको र क्सी से वन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र रक्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि (आँखा अन्धो ) भएजस्तो हुने लक्षण देखिने बताउनुभयो।

यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मे थानोल बि ष मिसाइएको र क्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँखा को ज्योति समेत गुमाएको बताउनुभएको छ।

मलेसियामा कार्यरत रहनुभएका नेपाली श्रमिकहरुले त्यस्तो मे थानोल जस्तो बि षाक्त प दार्थ मिसाइएको र क्सी सेवन नगर्नुहुन र आफ्नो ज्यान जोगाउनुहुन दूतावासले सम्पुर्णमा अनुरोध गर्नुभएको छ। एजेन्सी साभार : मलाया खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार