आफैले कार्यक्रममा बोलाएका अतिथिले ऋषि धमलाको हात तानेर जब घिसार्न खोजे… (भिडियो हेर्नुस्)

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाको स्टुडियोमा बोलाइएका अतिथिले गरेको एउटा ब्यवहार चर्चित भएको छ । धमलाले एक जना ज्योतिषलाई अतिथीको रुपमा बोलाएका थिए । उनले धमलाको हात तानेर केही भनिरहेको एउटा भिडियो चर्चित भएको छ ।

‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलाले मलाई पनि आशिर्वाद दिनुस् भन्दै जब अतिथिलाई आग्रह गरे । उनले धमलाको हात समातेर ताने, टाउकोमा हात राखे अनि मन्त्र भनिरहेको जस्तो सुन्न सकिन्छ । जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई त्यसो गरेका हुन् ।

कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए ।उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन् । त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन् ।

कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले उनलाई तानेका हुन् । एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए । अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । तलको भिडियोको अन्त्यतिर हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार