स्याङ्जाको वालिङमा जीप दु’र्घटना 

स्याङ्जा – स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दु’र्घटनामा परेर दुई जनाको ज्या’न गएको छ । दु’र्घटनामा अन्य १७ जना घा’इते भएका छन् । 

दु’र्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्या’न गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । दु’र्घटनामा घा’इते भएकाहरूलाई उपचा’रका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घा’इतेहरूको विवरण आउन बाँकी छ ।

उकालोमा ब्रेक फे’ल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ  । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दु’र्घटनामा परेको हो ।  (फाईल तस्बिर )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार