श्रीमानको ह’त्या गरेको आ’रोपमा श्रीमतीसहित चार जना प’क्रा’उ

कैलाली – कैलालीको धनगढीमा एक जनाको ह’त्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको ह’त्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रमेशको ह”त्याको आशंकामा प्रहरीले श्रीमती अमृता चौधरीसहित चार जनालाई प’क्राउ गरेको छ ।

आज बिहानै घरदेखि झण्डै ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो । अस्ति बेलुका साथीको घरमा जान भन्दै घरबाट निस्किएका उहाँ आज बिहान मृ”त भेटिनु भएको हो । प्रारम्भिक रुपमा मृ’तककी श्रीमती, उनको केटा साथी विष्णु चौधरीले घाँ’टी थि’चेर ह’त्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताउनुभएको छ । अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रे’म स”म्बन्ध थियो । त्यही विषयमा वि’वाद बढ्दै गएपछि प्रेमी विष्णुसँगै मिलेर श्रीमानको घाँ’टी थि’चेर ह”त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विष्णु पनि विवाहित हुन् । प्रहरीले पक्रा’उ गरेका अन्यको नाम भने खुलाइएको छैन । घ’टनाको विवरण आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार