सेती नदीले ख’तराको तह पार गर्‍याे , कहीँ सडक अवरुद्ध, कतै खेत बगायो

डोटी – सेती नदीमा पानीको बहाव बढेको छ । लगातार तीन दिनदेखि परिरहेको वर्षाका कारण सेती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा जो’खिम बढेको हो । नदीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खत’रा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सेती नदी दिपालयल सिलगढी जोड्ने मोटर पुल माथि उक्लेको छ । यस्तै बाढीले पुल छोएपछि अहिले बिहानदेखि पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

पुलमा आवत जावत बन्द गरिएपछि तराईंबाट डोटीको जिल्ला सदरमुकाम सिलगढी लगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानक लागि आएका दजर्नौँ सवारी साधन अहिले यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रोकिएका छन् ।

डोटीको गोपघाट र दिपायलको समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह निकै बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । 

वर्षातका कारण सोमबार दिउँसोदेखि यस क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाका अनुसार यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभीए प्रशारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । नदीले यहाँ धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको छ । डोटी कालागाढका स्थानीय तेजबहादुर बोगटीले डोटीमा पनि धेरै ठाउँमा धान खेत बगाएको जानकारी दिनुभएको छ ।

नदीले बझाङमा पनि निकै क्षेति पुर्याएको छ । कतिपय ठाउँमा सडक अवरुद्ध भएका छन् भने खेतहरु बगाएको छ । बिजुली, खानेपानी र नेपाल टेलिकमको सेवा समेत प्रभावित भएको छ । बझाङ् सुबेडाको सेराभंगाला खेत आधा बढी बगाएको सुबेडाका स्थानीय मकर रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार